दफा ३१
मूल ऐनको दफा ५३ मा संशोधनः
मूल ऐनको दफा ५३ को,–
(१)उपदफा (४) मा रहेका “रकम फिर्ता गर्न वा सो” र “र रकम फिर्ता गर्ने भएमा शेयर जफत भएको तीन महिनाभित्र रकम फिर्ता गरिसक्नु पर्नेछ” भन्ने शब्दहरु झिकिएका छन्।
(२)उपदफा (५) झिकिएको छ ।(३)उपदफा (६) मारहेको “शेयर” भन्ने शब्द पछि “यसऐन र” भन्ने शब्दहरु थपिएका छन्।(४)उपदफा (८)पछि देहायको उपदफा (९)थपिएको छः–“(९) उपदफा (७) बमोजिम भुक्तानी माग गर्न नपाउने गरी निर्धारण गरेको रहेछ भनेसो व्यहोरा दफा ४६ बमोजिमको शेयरधनीको दर्ता किताब र शेयरको प्रमाणपत्रमा समेत स्पष्ट उल्लेख गर्नु पर्नेछ ।”